| Specifications |
| Publisher: Manav Utthan Sewa Samiti, Delhi | |
| Author Satpal Ji Maharaj | |
| Language: Nepali | |
| Pages: 80 | |
| Cover: PAPERBACK | |
| 7.5x5 inch | |
| Weight 70 gm | |
| HAF540 |
| Delivery and Return Policies |
| Ships in 1-3 days | |
| Returns and Exchanges accepted within 7 days | |
| Free Delivery |
हाम्रो सभ्यता र संस्कृति धेरै पुरानो छ। अनादिकालदेखि यहाँ बस्ने मानिस धर्ममा आश्रित हुँदै आएका छन्। कहिले-कहीं मानिसको जीवनमा घटेका घटनाहरूका स्मृति-स्वरूप वर्षमा एउटा निश्चित तिथिलाई मान्ने प्रचलन चल्यो जसलाई आज तिहार अथवा पर्वको नामले जानिन्छ। यस वर्ष वैशाखीको पानव पर्व र अर्द्ध-कुम्भी मेला श्री प्रेमनगर आश्रम हरिद्वारमा मुसम्पन्न भयो। त्यही अवसरमा आनन्दकन्द श्री सतपालजी महाराजले भक्तहरूका अपार जमघटलाई आफ्नो धारावाहिक प्रवचनमा मनुष्य जीबनको, क्षणभंगुरता, त्यसको सदुपयोग र धर्मको मूल आध्यात्मिक ज्ञानको महानता विस्तारपूर्वक सरल र स्पष्ट भाषामा उदाहरणहरूसहित सम्झाउनु भयो।
जहाँ बाहिरको हो-हल्ला एकान्त र मौनता भन्दा कम हुन्छ, त्यहाँ त्यस एकान्तमा मनको हो-हल्ला (चंचलता) अझ तीब्र हुनजान्छ। यसकारण एकान्त कल्पनाको एकान्त मात्र बन्छ। तर पनि मानिसहरू मृग-तृष्णा झैँ त्यसको पछि दौडन्छन् । यस्तो कठिन परिस्थितिमा मानिसले के गर्नु उचित छ, श्री सतपालजी महाराजको उक्त प्रवचन मानव समाजको निम्ति आशाको एउटा किरण हो। यसर्थ मानव मात्र वास्तविकतातर्फ अगाडि बढ्न सकून् भन्ने उद्देश्यलाई अगाडि सारेर उपरोक्त प्रवचनलाई पुस्तकको रूप दिइएको छ। आशा छ भगवद्-भक्तहरूले यस पुस्तकबाट धेरै भन्दा धेरै फाइदा उठाउने प्रयत्न गर्नु हुने छ।
Send as free online greeting card